सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट एक लाख बढीको अवैध सामान बरामद

२०८१ भदौ २७, १२:०५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट एक लाख बढीको अवैध सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–४, भीमदत्त–१० गड्डाचौकी, र पुनर्वास नगरपालिका–४ कार्किलडाँडाबाट भन्सार छलिको सामान बरामद गरेको प्रहरीले जनाएको छ।

भारतबाट भन्सार छलि गरेर ल्याएका अन्दाजी १ लाख ६४ हजार बराबरको सामान बरामद गरिएको छ। बरामद गरेको सुर्ती, थान कपडा, सुटपिस, कुर्ता सुरवाल, हार्डवेयर लगायतका सामान प्रहरीले कारबाहीको लागि भन्सार कार्यालय पठाएको छ।
 

कमेन्ट लोड गर्नुस