सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाजाको एक विद्यालयमा इजरायली सेनाको बमबारीका कारण १८ जनाको मृत्यु

२०८१ भदौ २७, १०:३५ खबर संवाददाता

एजेन्सीः इजरायलको सेनाले मध्य गाजामा रहेको संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित अल–जाउनी विद्यालयमा बमबारी गर्दा कम्तीमा १८ जनाको मृत्यु भएको छ।

आश्रयस्थलका प्रबन्धकसहित राष्ट्रसंघीय सहायता एजेन्सी उनर्वाका ६ जना कर्मचारीको पनि ज्यान गएको छ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा संयुक्त राष्ट्र संघका कर्मचारी र मानवीय सहायताकर्मीको हत्याको जवाफदेहिता नहुनु पूर्णरूपमा अस्वीकार्य भएको बताएका छन्।

गाजामा इजरायलले आक्रमण सुरु गरेयता ११ महिनामा एउटै घटनामा यूएनका कर्मचारीको सबैभन्दा बढी मृत्यु भएको यो पहिलो घटना हो। यसैबीच, हमासले मध्यस्थकर्ताहरूलाई अमेरिकाले प्रस्ताव गरेको, संयुक्त राष्ट्रसंघले समर्थन गरेको युद्धविराम प्रस्तावलाई कुनै पनि पक्षबाट कुनै नयाँ शर्तबिना कार्यान्वयन गर्न तयार रहेको बताएको छ। गाजामा इजरायलको हमलाबाट ४१ हजारभन्दा बढीको मृत्यु भएको छ भने ९५ हजारभन्दा बढी घाइते भएका छन्।
 

कमेन्ट लोड गर्नुस