सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागुऔषध मुद्दामा फरार रहेका एक युवक पक्राउ

२०८१ भदौ २७, ०७:५८ खबर संवाददाता

धनगढीः कैलालीमा लागुऔषध मुद्दामा फरार रहेका एक युवक पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–११ का २६ वर्षीय देबेन्द्रबहादुर खड्का पक्राउ परेका हुन्।

उनलाई जिल्ला अदालत कैलालीले लागुऔषध मुद्दामा १९ दिन कैद सजाय तोकेको थियो। सजाय तोकेकै दिनबाट फरार रहेका खड्कालाई बुधवार घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस