सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट ५२ हजारको अवैध सामान बरामद

२०८१ भदौ २७, ०७:१४ खबर संवाददाता

धनगढीः कैलालीबाट ५२ हजारको मुल्यको अवैध सामान बरामद गरिएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–२ बैयाँबेहडी, धनगढी–९ बंग्राकटान र गोदावरी नगरपालिका–५ आरपी फ्लोर मिल नजिकबाट अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ।

बरामद गरेको अन्दाजी ५२ हजार २ सय मुल्य बराबरको चिनी, सुर्ती, भाँडावर्तन, प्लाष्टिक झिल्ली लगायतका सामानहरु वेवारिसे अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो।
 

कमेन्ट लोड गर्नुस