सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज १३ देखि दशैँका लागि नयाँ नोट साट्न पाइने

२०८१ भदौ २६, ०९:३९ खबर संवाददाता

काठमाडौँः नजिकिँदै गएको दशैँका लागि असोज १३ गते आइतवारदेखि सुकिला नोट साट्न पाइने भएको छ।

नेपाल राष्ट्र बैंकले बुधवार एक सूचना जारी गर्दै असोज १३ गतेदेखि २२ गते मंगलवारसम्म (१० दिन) सुकिला नोट साट्न सकिने जानकारी गराएको हो। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभागबाट नोट साट्न सकिने छ।

राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज तथा धनगढीबाट नोट सटहीको सुविधा लिन सकिने बैंकले जनाएको छ। साथै इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत नोट सटही गर्न सकिनेछ। हरेक वर्ष दशैँँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैंकले यस पटक सुकिला नोट मात्र दिने भएको छ।
 

कमेन्ट लोड गर्नुस