सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट जहाजमा उडे १ लाख ३७ हजार यात्रु, ७ करोड ३९ लाख आम्दानी

२०८१ भदौ २६, ०२:००

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र नियमित रुपमा उडान हुने विमानस्थल धनगढीबाट एक लाख ३६ हजार ७३३ यात्रु संघीय राजधानी काठमाण्डौं उडेका छन्।

आर्थिक वर्ष २०८०/८१ मा धनगढी विमानस्थल भएर सो संख्यामा यात्रुहरु संघीय राजधानी लगायत सहर पुगेका हुन्। उता काठमाण्डौंबाट थप एक लाख ३५ हजार ३६२ यात्रु जहाज चडेर धनगढी विमानस्थल पुगेका छन्। २०८० असार मसान्तसम्म धनगढी विमानस्थलमा २ हजार ८३६ को संख्यामा जहाज अवतरण भएको छ। यहाँबाट भने २ हजार २३४ उडान भएको छ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा धनगढी विमानस्थलबाट एक लाख ४४ हजार ९३५ यात्रुले हवाई यात्रा गरेका छन्। सो अवधिमा उताबाट एक लाख ४३ हजार ३१ यात्रु हवाइ जहाज चढेर धनगढी विमानस्थल पुगेका छन्। २०७९ को असार मसान्तसम्म २ हजार ५६६ धनगढी विमानस्थलमा जहाज अवतरण संख्या रहेको छ भने यहाँबाट २ हजार ५६४ उडान संख्या रहेको धनगढी विमानस्थल कार्यालयका सूचना अधिकारी दिपक भट्टले बताए।
१५ करोड ३५ लाख आम्दानी
धनगढी विमानस्थल कार्यालयले आर्थिक वर्ष २०७९/८० र आर्थिक वर्ष २०८०/८१ मा १५ करोड ३५ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष आम्दानीमा थोरै कमी आएको छ। आर्थिक वर्ष २०७९/८० मा धनगढी विमानस्थल कार्यालयले ७ करोड ६४ लाख ८० हजार ६६६ रुपैयाँ आम्दानी गरेको थियो। तर आर्थिक वर्ष २०८०/८१ मा भने यस्तो आम्दानीमा थोरै कमी आएको छ। २०८० असारमसान्तसम्म धनगढी विमानस्थल कार्यालयले ७ करोड ३९ लाख ४१ हजार २० रुपैयाँ आम्दानी गरेको छ।
४ लाख १९ हजार किलो काग्रो ढुवानी
धनगढी विमानस्थलबाट आर्थिक वर्ष २०८०/८१ मा एक लाख ४३ हजार ६ सय ९ किलो काग्रो ढुवानी भएको छ भने उताबाट २ लाख ७५ हजार ६५ किलो धनगढीमा काग्रो ढुवानी भएको छ। त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७९/८० मा धनगढी विमानस्थलबाट एक लाख ६ हजार ४६ किलो काग्रो ढुवानी गरिएको थियो भने उताबाट २ लाख ९ हजार ११ किलो धनगढी विमानस्थलमा काग्रो ढुवानी भएको थियो।

यसरी धनगढी विमानस्थल कार्यालयले काग्रो ढुवानी, जहाज ल्याण्डिङ, निजी विमान कम्पनीलाई दिएको टिकट काउण्टर भाडा, पार्किङ र विज्ञापन लगायतबाट गरेर २ वर्षमा १५ करोड ३५ लाख २१ हजार ९२५ रपैयाँ आम्दानी गरेको छ। धनगढीबाट हाल दैनिक चारवटा श्री एयरलाइन्स, तीनवटा बुद्ध एयरलाइन्स र समिट एयरलाइन्सले हप्ताको २ दिन बझाङ र साँफे उडान गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस