कैलाली र बैतडीमा एकैदिन पाँचवटा सवारी दुर्घटना, १३ जना घाइते
धनगढीः कैलाली र बैतडीमा एकैदिन पाँचवटा सवारी दुर्घटना भएका छन्।
दुर्घटनामा १३ जना घाइते भएका छन्। कैलालीको लम्की–चुहा नगरपालिका–३ डुडेझाँडीस्थित पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको स्कुटर अनियन्त्रित भएर पल्टिदा ४२ र ४८ वर्षीय दुई जना घाइते भएका छन्। घाइते दुबै जनाको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ।
यस्तै गौरीगंगा नगरपालिका–१ गोप्कास्थित पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको पिकअप बोलेरो जिप अनियन्त्रित ३० वर्षीय एक जना घाइते भएका छन्। उनको डिके अस्पताल चौमालामा उपचार भइरहेको छ। यसैगरी धनगढी उपमहानगरपालिका–१९ खेदास्थित एक मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा १७ र २० वर्षीय २ जना घाइते भएका छन्।
घाइते दुबै जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ। उता बर्दगोरिया गाउँपालिका–२ पीपल चौतारास्थित उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटरसाइकलले विपरीत दिसाबाट आउँदै गरेको अटोरिक्सा एकआपसमा ठोक्किदा १८ र २१ वर्षीय २ जना घाइते भएका छन्। घाइते दुबै जनाको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको छ।
त्यस्तै जोशीपुर गाउँपालिका–५ सीमरानास्थित एक साइकल अनियन्त्रित भएर कल्भर्टमा ठोक्किदा ३५ वर्षीया एक महिला घाइते भएकी छन्। उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ। उता बैतडीको सुर्नया गाउँपालिका–८ डुङ्गाकोट बगरमोडस्थित बजपानीबाट दोरा जाँदै गरेको जिप एक्कासी सडकबाट २० मिटर तल खस्दा जिपमा सवार ५ जना घाइते भएका छन्। घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको सुदूरपश्चिम प्रदेश सरकारको आपतकालिन कार्यसञ्चालन केन्द्र धनगढीले जनाएको छ।