सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालको मुख्य गेट विना कारण महिनौँ देखि बन्द

२०७६ असार १, ०७:३० रोशन भट्ट

सुदूरपश्चिम प्रदेशकै रेफेरल अस्पतालको रुपमा रहेको सेती अस्पतालको पुर्वपट्टिको मुख्य गेट महिनौ देखि बन्द रहेको छ। सेती अस्पतालमा विरामीहरुको सबैभन्दा बढी चाप हुने भएपनि पुर्वपट्टिको गेट विगत चार महिना देखि बन्द रहेका हो। अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा गेट २४ घण्टा नै खुल्ला राख्नुपर्नेमा सेती अस्पतालले भने विना कारण महिनौँदेखि मुख्य गेट बन्द गरेको हो। विरामीहरु स्वास्थ्य सेवाका लागि अस्पताल पुग्ने भएपनि मुख्य गेट नै बन्द भएपछि अलमलमा पर्ने गरेका छन्। गेटकै कारण सेवाग्राही अलमलमा पर्ने भएपनि यो समस्या समाधानमा भने अस्पताल प्रशासनले वास्ता नगरेको आरोप फुलवारीका स्थानीय यामु ढकालको छ। 

तराईका दुई जिल्ला कैलाली, कञ्चनपुर सहित सुदूरपश्चिमका अन्य सात पहाडी जिल्लाका विरामीहरु स्वास्थ्य सेवाका लागि सेती अस्पताल पुग्ने गर्दछन्। अस्पतालको गेट २४ घण्टा खुल्ला हुनुपर्ने भएपनि अस्पताल प्रशासनले गेट बन्द गरेपछि सो भित्रको कारणको समेत खोजी भईरहेको छ। श्रोतका अनुसार अस्पतालको पश्चिमपट्टी रहेको गेट नजिकका नीजि क्लीनीकका सञ्चालकहरुसंग मिलोमतो गर्दै मुख्य गेट बन्द गरिएको हो। विरामीहरु मुख्य गेट नजिकका क्लिनीकहरुमा औसधी खरिद नगरी पश्चिम पट्टीको गेट नजिकका क्लीनीकहरुमा मात्रै खदिर गरुन भन्ने मनसायले गेट बन्द गरिएको आरोप पनि लाग्ने गरेको छ। अस्पतालको गेट बन्द भएपछि विरामी र कुरुवालाई भने समस्या भईरहेको कञ्चनपुरका स्थानीय राजबहादुर साउदले बताए। 

आन्तरिक व्यवस्थापन चुस्त नहुँदा अस्पताल क्षेत्र कुरुप बन्दै गएको छ भने सेवा पनि खस्किदै गएको छ। बजारका सवारी साधानहरु अस्पताल भित्रै पार्किङ हुने भएपनि सो नियन्त्रणमा भने अस्पतालले ध्यान दिएको छैन्। तर प्रसुती वार्ड अगाडी रहेको मुख्य गेट बन्द गरेर विरामीलाई झनै समस्यामा पार्ने काम भएको छ। सेती अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले   गेट बन्द गरेर सेवा प्रवाहमा कुनै समस्या नभएको तर्क गरे। उनले अहिले गेटको आवश्यकता नदेखिएको बताए। अस्पताल सार्वजनिक क्षेत्र हो भने निकै संवेदनशिल क्षेत्र पनि हो। अस्पतालमा एउटै समयमा सयौँ विरामी आउने गरेका छन् यदि कुनै किसिमको विपद् आएपनि एउटा मात्रै गेट खुल्ला हुँदा विरामी र कुरुवालाई जोगाउन पनि समस्या हुन सक्छ। त्यसैले विना कारण मुख्य गेट बन्द गरेर अस्पताल प्रशासनमाथि झनै प्रश्न खडा भएको छ। 
    
   
  

 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस