सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा अटो दुर्घटना हुँँदा दुई जना घाइते

२०८१ भदौ २४, ०५:१६ खबर संवाददाता

धनगढीः कैलालीमा अटो दुर्घटना हुँँदा दुइ जना घाइते भएका छन्।

जिल्लाको गादावरी नगरपालिका–३ चुट्के बजारमा से १ ह १५३३ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा परेर अटो चालक ४० वर्षीय अर्जुन सुनार र अटोमा सवार कञ्चनपुरको कृष्णपुर नगरपालिकाकी ३५ वर्षीया मानमती कार्की घाइते भएकी छन्। घाइते दुबै जनाको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस