सुदूर नेपाललाई विश्वसँग जोड्दै

चालकले मादक पदार्थ सेवन गरेपछि कैलालीमा सवारी दुर्घटना

२०८१ भदौ २३, ०९:४४ खबर संवाददाता

धनगढीः चालकले मादक पदार्थ सेवन गरेपछि कैलालीमा सवारी दुर्घटना भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका–३ ढुंगेबजार नजिकै सवारी दुर्घटना भएको हो। इलाका  प्रहरी कार्यालय चिसापानीका अनुसार आइतबार ढुंगेबजारस्थित पुर्वपश्चिम राजमार्गमा चिसापानीदेखि लम्कीतर्फ जाँदै गरेको सवारी दुर्घटनामा परेको छ। डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ का २४ वर्षीय शेरबहादुर साउँदले मादक पदार्थ सेवन गरेर सवारी चलाएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ००१ ज ९४१ नम्बरको इलेक्ट्रोनिक हाईस सडकबाट बाँयातर्फको सडकको नालामा बाँया साईडको २ वटा टायर नालामा दायाँतर्फको २ वटा टायर सडकमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ। चालक साउँदलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा प्रहरी सहायक निरीक्षक लक्ष्मण रोकायको कमाण्डमा चार जना प्रहरी टोली घटनास्थलमा पुगेको छ।

कमेन्ट लोड गर्नुस