सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अवैध काठसहित एक जना पक्राउ

२०८१ भदौ २३, ०८:०७ खबर संवाददाता

कैलालीः कैलालीमा अवैध काठसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको टीकापुर नगरपालिका–५ भगरैया बस्ने ४७ वर्षीय खुसिराम चौधरीलाइ अवैध काठसहित इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले  टिकापुर नगरपालिका– १ खडकचोकबाट नियन्त्रणमा लिएको हो।

नम्बर पिलेट स्पष्ट नदेखिने चौधरीले चलाएको ट्याक्टरमा अवैध खयरको काठ १९ थान गोलीया ९५.८९ (क्युफिट) फेला पारी अवैध काठ सहितको ट्याक्टर र चालकलाई आवश्यक कारवाहीको लागि सव–डिभिजन वन कार्यालय टिकापुर, कैलालीमा बुझाएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस