सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाबाट ६ लाख बढी मुल्यको अवैैध सामान बरामद

२०८१ भदौ २३, ०७:३७ खबर संवाददाता

धनगढीः दार्चुलाबाट ६ लाख बढी मुल्यको अवैैध सामान बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले जिल्लाको शैल्यशिखर नगरपालिका–९ सतभोगेबाट करिब ६ लाख ३३ हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिएको हो।

सडकमा चालक नभई रोकिएको अवस्थामा रहेको म १ ज २२० नम्बरको बोलेरो जिपलाई शंका लागि चेकजाँच गर्दा अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका घोडा बिडी १९ पेटी, सलाई ४८ बण्डल र हाईक्लास सुर्ती ३ बोरा बरामद गरी उक्त सामान र जीप समेत नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस