सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट  भन्सार छलीका सामान बरामद 

२०८१ भदौ २३, ०७:१७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट  भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको बेलौरी नगरपालिका– ७ पौलाहबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका  ९८ हजार ३०० मूल्यको सामान प्रहरीले  नियन्त्रणमा लिएको हो।

पेय पदार्थ, बिडी, भारतिय नम्बर प्लेटको मोटरसाइकल १ थान लगायतका सामान इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस