धनगढीमा लागुऔषधसहित १७ वर्षीय एक किशोर पक्राउ

२०८१ भदौ २२, ०२:५६
धनगढीः कैलालीको धनगढीमा लागुऔषधसहित एक १७ वर्षीय किशोर पक्राउ परेका छन्।
शनिबार धनगढी उपमहानगरपालिका–३ ब्यारेलस्थित जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायव निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले लागुऔषधसहित एक किशोरलाई पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका–३ का १७ वर्षीय बसन्त बिष्ट ६८० मिलिग्राम लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।




कमेन्ट लोड गर्नुस