सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट घरेलु हिंसाका फरार प्रतिवादी पक्राउ 

२०८१ भदौ २२, ०८:०० खबर संवाददाता

धनगढीः कैलालीबाट घरेलु हिंसाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको जोशीपुर गाउँपालिका–३ लक्कड बस्ने २६ वर्षीय गोपाल सिंह कठरिया शुक्रवार पक्राउ परेका हुन्। कैलाली जिल्ला अदालतको फैसलाले घरेलु हिंसा मुद्दामा १ महिना कैद सजाय र १० हजार जरिवाना तोकेपछि कठरिया फरार रहेका थिए। कठरियालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले निजकै घरबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस