कैलालीमा निर्माणाधिन कोल्ड स्टोरमा आगलागी, करोड बढि क्षती
कैलालीमा निर्माणाधिन कोल्ड स्टोरमा आगलागी भएको छ। जिल्लाको घोडाघोडी नगरपालिकाको पहलमानपुरमा निर्माण भइरहेको कोल्ड स्टोरमा छेउमै वल्डिङको काम भईरहेको र आगोको झिल्का सल्केपछि आगलागी भएको हो। आगलागीबाट कोल्डस्टोरमा एक करोड बढिको क्षती भएको अध्यक्ष रामबहादुर रावतलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक गोपिन्द्र बहादुर खडकाले आगलागीबाट झण्डै एक करोड बराबरको क्षति भएको बताए।
साना तथा मझौता कृषक आयस्तर वृद्धि परियोजना (रिज्म एफपी)को तीन करोड लगानी रहेको सो कोल्डस्टोर सञ्चालनमा आएको छैन्।