सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा खैरो हेरोइनसहित ४ जना पक्राउ

२०८१ भदौ २१, ०७:३८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकबाट सोही ठाउँ बस्ने ३० वर्षीय राजु खड्का, धनगढी उपमहानगरपालिका–३ का २२ वर्षीय बिशेष शर्मा, २३ वर्षीय तिलक शर्मा र धनगढी उपमहानगरपालिका–४ बस्ने २१ वर्षीय नबिन शाह बिहीवार खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

चारै जनालाई ९ सय ९० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारि नियन्त्रणमा लिएको जनाएको छ। 

कमेन्ट लोड गर्नुस