कर्णाली नदीमा एक बालिका मृत फेला
धनगढीः कैलालीको कर्णाली नदीमा एक बालिका मृत फेला परेकी छन्।
जिल्लाको लम्कीचुहा नगरपालिका–३ गोराङ्गे स्थित कर्णाली नदीको पश्चिम तर्फको भंगालोमा अन्दाजी १२ वर्षकी एक बालिका मृत अवस्थामा फेला परेकी हुन।
कर्णाली नदीमा मृत मानिस छ भनेर स्थानीयले खबर गरेपछि प्रहरी निरीक्षक हरिराम डाँगीको कमाण्डमा ८ जनाको प्रहरी टोली र सशस्त्र प्रहरी बल बेश क्याम डुँडेझाडीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
मृत फेला परेकी बालिकाको नाम,थर, वतन भने खुलेको छैन। घटनाका बारेमा इलाका प्रहरी कार्यालय लम्कीको प्रहरी टोलीले थप अनुसन्धान गरिहेको छ।