सुदूर नेपाललाई विश्वसँग जोड्दै

आर्थिक अभावमा माथि उठ्न नसकेका बैतडीका युवा लेखक शर्मा

२०८१ भदौ २०, ०६:५२ खबर संवाददाता

बैतडी: कलम मार्फत समाज परिवर्तनका लागि अहोरात्र खटीरहने बैतडीका दीपक शर्मा गुमनाम छन्। बैतडीको दशरथचन्द नगरपालिका– ७ ऐँचेकाँडाका शर्मा गुमनाम झै बनेका हुन् ।

समाजका गलत गतिविधिहरूको अन्त्य गर्ने उद्देश्यले कलममार्फत लडाइ लडिरहेका उनका विभिन्न लेख रचना तथा सिर्जनाहरू ओझेलमा छन्। समाजका विभिन्न गतिविधिका विषयहरू कलम मार्फत उठान गरिरहेका उनका कथा, उपन्यास लगायत विभिन्न लेखहरूलाई बेवास्ता गरिँदा उनी निराश छन्।

दीपकले सामाजिक रूपमा हुने गलत प्रभृतिलाई हटाउन र समाजका मौलिक संस्कृति, चलन रीतिरिवाज, भाषा भेषभूषाको उजागर गर्ने उद्देश्यले आफ्नै समाजका गतिविधिका विषयमा विभिन्न लेखहरुहरू लेख्ने गर्छन्।

समाज परिवर्तनका लागि भोको रहेर पनि कलम आफूले निरन्तर कलम चलाईरहेको उनले बताउ।

समाजमा भइरहेको विभिन्न नकारात्मक गतिविधि रोक्न आफूले यस्ता किसिमका लेख रचना कोर्ने गरेको बताए। उनले भने, ‘समाजबाट म प्रताडित भएँ। किनभने समाजमा अन्धविश्वास, कुरीति, कुसंस्कार, विसङ्गति, कुप्रथा लगायत विभिन्न गलत कुराहरू जव मैले देखे। तिनीहरूबाट म घायल जस्तैभए। यी कुराहरूबाट सम्हालिनका लागि म विभिन्न लेखन तिर लागेँ। मलाई विश्वास छ कि मेरो लेखनबाट समाजले केही न केही सिक्ने छ। मेरो लेखनबाट समाज परिवर्तन हुन सक्छ भन्ने मलाई आसा छ।’ उनले घरमै बसी विभिन्न कृतिहरू लेख्ने गर्छन्। कापिमा लेखेर उनले साथीभाई कहाँ कम्प्युटर अक्षरमा लेख्न दिन्छन्। आर्थिक अभावकै कारण उनले कम्प्युटर तथा ल्यापटप खरीद गर्न सकेका छेनन्।

आफूले सामान्य जागिर गरेर परिवारको गुजारा चलाइरहेको उनले बताए। आफूलाई लेखक बन्ने रहर भएपनि आर्थिक समस्याले आफूले रचना गरेका कुराहरू पनि ओझेलमा पर्ने डर भएको उनको भनाइ छ।

उनले भने, ‘म सामान्य जागिर गरेर परिवारको खर्च जोहो गर्छु। मेरो आमा बुवाले मबाट धेरै पनि चाहान्नन्, मात्र दुइ छाक हातमुख जोर्न भए पुग्छ। तर मलाई समाजमा भइरहने मौलिक कुरा सामाजिक कुरा लगायत विभिन्न गतिविधिलाई उठान गर्न खोजेको हुँ। समाज परिवर्तनका लागि कलम मार्फत लगाई रचेको हुँ। तर आर्थिक अभावले समस्या भइरहेको छ।

साहित्यकार प्रदीप रोदनको गजलबाट आफू प्रभावित भएर लेखन क्षेत्रमा लागेको उनले बताए। ऋण लिएर पनि ऋण तिर्न सकिन्छ भन्ने गजल निक्कै राम्रो थियो। त्यही गजलबाट आफू प्रभावित भएको उनको भनाइ छ।

उनले भने, ‘सो गजलले मलाई निक्कै प्रभावित बनायो। यो गजल हेरेर मेरो मन मस्तिष्कमा क्रान्ति मच्चियो। सोही गजल सुनेर म पनि विभिन्न लेखहरू लेखन तिर लागे ।’ उनले एउटा पुस्तक लेख्न र बजारमा ल्याउन कम्तीमा ६।७ महिना देखि १ वर्षजति लाग्ने गरेको बताए।

उनले समाजमा देखने विभिन्न घटना र आफूले भोगेका कुराहरूलाई काल्पनिक रूपमा लेख्ने गरेको बताए। तर, आफूले लगाएको लगानी नै उठ्न नसकेको भन्दै उनले दुखेसो पोखे। उनले भने, ‘आफैँ लेखेर आफे बिक्रीवितरणमा लागेको छुँ तर मेरो लगानी नै उठ्दैन्। मेहनत अनुसार आम्दानी नै हुँदैन्। पुस्तक निकाल्नकै लागि विभिन्न ऋणहरू लिएको छूँ। तर यत्रो मेहनत गर्दा पनि कहि कतैबाट आम्दानी हुँदैन्।’

लगानी नै नउठ्दा ऋणबाट मुक्ति पाउन नसकेको उनले दुखेसो गरे।

राज्यबाट आफुहरू हेपिएको महसुस भएको उनले बताए। युवाहरूले आफ्नो ठाउँबाट केही गर्ने सोचेपनि राज्यले साथ सहयोग न गर्दा बाहिर जानुपर्ने बाध्यता हुने उनको भनाइ छ ।

राज्यले युवा व्यवस्थापन गर्न सके समाजमा हुने बलात्कार, हत्या, आत्महत्या जस्ता विभिन्न अपराधहरू नहुने समेत उनी बताउँछन्।  

राज्यले युवाहरूका लागि अनुकूल वातावरण दिन नसकेको गुनासो उनको छ।

युवा शक्ति व्यवस्थापनि गर्न नसक्दा नै देशमा विभिन्न अपराधका घटनाहरू बढेको बताए। युवाहरूले अपनाउका विभिन्न पेसा तथा कार्यहरूलाई राज्यले व्यवस्थापन गर्नुपर्ने उनले बताए। अनय योजना जस्तै लेखक, साहित्यकार लगायत विभिन्न पेसामा रहेका युवाहरूका लागि बजेट छुट्याइदिए रोजगारीका लागि देशबाहिर जानै नपर्ने उनको भनाइ छ।

आर्थिक अभावकै कारण आफू गुमनाम लेखक बनेको उनको दुखेसो छ।

उनको काठमाडौँमा भेटिएको उमेशको पहिलो कृति बजारमा ल्याएका हुन् । यस्तै म बिहे किन गर्दीन, बिछोड, लगायत विभिन्न १ हजार १५ सय बढी कृतिहरू बजारमा ल्याइसकेका छन् । यस्ते उनले र्याप गीतहरू पनि गाउने गरेका छन्।

उनले संस्मरण २ सय, मनोवादको २ सय र उपन्यास १ हजारप्रति पुस्तक सार्वजनिक गरेका छन्।

 

कमेन्ट लोड गर्नुस