कैलालीमा टिप्परको ठक्करबाट एक जना घाइते
धनगढीः कैलालीमा टिप्परको ठक्करबाट एक जना घाइते भएका छन्।
जिल्लाको गौरीगंगा नगरपालिका–१ चौमाला स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको रा १ख १७२६ नम्बरको टिप्परले ठक्कर दिँदा एक जना घाइते भएका छन्।
घाइते हुनेमा गौरीगंगा नगरपालिका–२ कटानपुरका ५९ वर्षीय सुपराम चौधरी रहेका छन्। बझाङको थलारा गाउँपालिका–१ का २६ वर्षीय टिप्पर चालक जिवन बिकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। घाइते चौधरीको चौमालामा रहेको डिके अस्पतालमा उपचार भइरहेको छ।