एमबीबीएसको प्रवेश परीक्षाको नतिजा त्रुटिबारे छानबिन गर्न संसदीय समितिको निर्देशन
काठमाडौंः संसदीय समितिले एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तत्काल सच्याउन निर्देशन दिएको छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधवार बसकोे बैठकमा सांसदहरले चिकित्सा शिक्षा आयोगले विद्यार्थीको भविष्यमाथि खेलबाड, प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका थिए। बैठकमा उपस्थित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पनि आयोगले सो गम्भिर त्रुटि गरेको स्वीकार गर्दै छानबिन गर्ने बचन दिएकी थिइन्।
बैठकले विद्यार्थीहरुलाई विश्वासमा लिएर त्रुटि सच्याउन शिक्षा र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ। साथै तत्काल छानविन समिति गठन गरी १० दिन भित्र प्रतिवेदन पेश गर्न पनि भनेको समितिका सभापति अम्मरबहादुर थापाले बताए।