सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुढीतोलामा मिनिट्रक एक आपसमा ठोक्किदा १ जना घाइते

२०८१ भदौ १९, ०८:२६ खबर संवाददाता

धनगढीः कैलालीमा २ वटा मिनिट्रक एक आपसमा ठोक्किदा १ जना घाइते भएका छन्।

जिल्लाको गोदावरी नगरपालिका–४ बुढीतोलामा २ वटा मिनिट्रक एक आपसमा ठोक्किदा १ जना घाइते भएका हुन्। मंगलवार भीमदत्त राजमार्ग अन्तरगत अत्तरियाबाट दार्चुला तर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ख २७७३ मिनी ट्रक र विपरित दिसाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ क १९८६ मिनी ट्रक एक आपसमा ठोक्किदा १ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा सुदूरपश्चिम प्रदेश ०१००१ क १९८६ मिनी ट्रकमा सवार डोटीको दिपायल सिलगढी नगरपालिका– ३ का २६ वर्षीय बिरु भुर्जी घाइते भएको प्रहरीले जनाएको छ। उनको अत्तरिया स्थिति पदमा अस्पतालमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस