सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलारीमा दुई दिन बिदा

२०८१ भदौ १८, ०९:११ खबर संवाददाता

धनगढीः कैलालीको कैलारी गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ।  थारु समुदायको अट्वारी पर्वको अवसरमा दुई दिन बिदा दिने निर्णय गरेको हो। भदौ २३ र २४ गते कैलारी गाउँपालिमामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकामा थारु समुदायले दुई दिन अट्वारी पर्व मनाउने गरेका छन्। अट्वारी पर्वको अवसरमा प्रदेश सरकारले २३ गते सार्वजनिक बिदा दिएका कारण कार्यपालिकाको बैठकले २४ गते थप एक दिन बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र जोशीले बताए।

सम्पूर्ण सरकारी कार्यालय, विद्यालय, बैङ्क तथा वित्तीय संस्थामा बिदा दिइएको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ। पश्चिम तराईबासी थारु समुदायका मानिसले धूमधामका साथ अट्वारी पर्व मनाउँदै आएका छन्। यस पर्वमा थारु पुरुषले व्रत बस्ने गर्छन्।
 

कमेन्ट लोड गर्नुस