सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा अस्पतालमा सुत्केरीको मृत्यु भएपछि तनाव

२०७६ जेठ ३२, १०:२३ खबर संवाददाता

डडेल्धुरा अस्पतालमा सुत्केरीको मृत्यु भएपछि स्थिती तनावग्रस्त भएको छ। अमरगढी नगरपालिका–६ की २६ वर्षीया गीता ताम्राकारको मृत्यु भएपछि अस्पतालले लापरवाही गरेको भन्दै आफन्तहरु आन्दोलित भएका छन्। उनीहरुले चिकित्सकको लापवाहीका कारण ताम्राकारको मृत्यु भएको आरोप लगाएका छन्।

अहिले आफन्तले अस्पतालमा प्रर्दशन गरिरहेका छन्। अत्यधिक ब्लिडिङ भएपछि गीतालाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो। तर उनको उपचारकै क्रममा मृत्यु भएको हो। चिकित्सकले अप्रेसनमा गरेको लापरवाहीले नै उनमा शारिरीक समस्या देखिएको परिवारको आरोप छ। तर, अस्पतालले भने गीताको उपचार सम्भव नभएपछि रेफर गरिसकेको स्थितीमा उनको मृत्यु भएको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस