सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा खैरो हेरोईनसहित दुई जना पक्राउ

२०८१ भदौ १८, ०८:३६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–१० सडकघाटको काठ मिल नजिकबाट सोही ठाउँ बस्ने २४ वर्षीय बिकास चौधरी र ३२ वर्षीय खेमबहादुर थापा पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी गस्ति टोलीले १.१५ ग्राम लागुऔषध (खैरो हेरोईन)सहित फेला पारि दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस