सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम समाज दक्षिण कोरियाले कोरियामा भुवा पर्व मनाउँने

२०८१ भदौ १७, १०:३४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम समाज दक्षिण कोरियाले कोरियामा भुवा पर्व मनाउँने भएको छ।

स्वदेश तथा विदेशमा मानव सेवा, विपत्तीमा सहयोग हातेमालो, आफ्नो कला संस्कृतिको अन्तराष्ट्रिय प्रचार प्रसार लगायतका उद्देश्य लिएर सन् २००५ मा स्थापित सुदूरका नौवटै जिल्लाको एउटै छाता संगठन सुदूरपश्चिम समाज दक्षिण कोरियाले विभिन्न उद्देश्य राखि सांस्कृतिक कार्यक्रम गर्दै आइरहेको छ।

यसपटक भने फरक उद्देश्य राखी हाम्रो गौरब हाम्रो सान, हाम्रो संस्कृति हाम्रो पहिचान भन्ने नाराका साथ सुदूरपश्चिमको कला संस्कृतिलाई अन्तराष्ट्रिय स्तरमा संरक्षण, समबर्द्धन र प्रचार प्रसारका निमित्त सेती महाकाली देउडा साँझ भाग–५ आयोजना हुने भएको छ।

कार्यक्रमा सुदूरका राष्ट्रिय कलाकारलाई पनि आमन्त्रित गरिएको सुदूरपश्चिम समाज दक्षिण कोरियाको महासचिव कृष्ण भण्डारीले बताए। सुदूरपश्चिमका नौँ जिल्लाका चर्चित ऐतिहासिक युद्धकला भुवा पनि कार्यक्रमा प्रर्दशन हुनेछ। सुदूरपश्चिमको झल्को दिने गरि कोरिया राजधानी सउलमा २०२४ सेप्टेम्बर १५ तारिखमा कार्यक्रम हुने छ।

कमेन्ट लोड गर्नुस