सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सशस्त्र प्रहरीले एकै दिन समात्यो ५९ लाखको अवैध सामान

२०८१ भदौ १७, ०७:१२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा सशस्त्र प्रहरीले एकै दिन ५९ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।

जिल्लाको भीमदत्त नगरपालिका–३ को भाँसीमा रहेको आनन्द टोलको सिद्धार्थ इन्जिनीयरिङ्ग अटो वर्कसप पछाडिबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीबाट खटिएको टोलील ५९ लाख १८ हजार २ सय मुल्य बराबरको अवैध सामान बरामद गरेको हो।

केन्द्रीय ईन्टेलीजेन्ट ब्यूरोबाट प्राप्त सूचनाको आधारमा सशस्त्र प्रहरीले सामान बरामद गरेको हो। शैलेश्वरी गणका सशस्त्र प्रहरी निरीक्षक खगेन्द्रबहादुर चन्द र बिओपि जिमुवाका सशस्त्र प्रहरी नायव निरीक्षक भरतबहादुर चन्द नेतृत्वको संयुक्त टोलीले बेवारिसे अवस्थामा उक्त सामान फेला  पारी बरामद गरेको हो।

बरामद गरिएको सामानमा मोबाईल डाटा केवल, चार्जर, एडप्टर, बुफर, ट्रयाक्टरका पाट्स, कपडा रहेका छन्। बरामद गरिएका सामान कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस