धनगढीमा मोटरसाइकल पल्टिदा चालक घाइते
धनगढीः कैलालीको धनगढीमा मोटरसाइकल पल्टिदा चालक घाइते भएका छन्।
सोमबार दिँउसो धनगढी उपमहानगरपालिका–१३ श्रीलंकाका ३४ वर्षीय सक्षम चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००८ प ३८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा उनी आफै घाइते भएका हुन्।
चालक चौधरीको टाउको, बायाँ खुट्टा र आखाँमा चोट लागेको छ। उनको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अवस्था मध्यम रहेको प्रहरीले बताएको छ।