सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको १८ हजार हेक्टर क्षेत्रफलमा फलफूल खेती विस्तार

२०८१ भदौ १७, १२:२७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा १८ हजार हेक्टर क्षेत्रफलमा फलफूल खेती विस्तार भएको छ।

आर्थिक वर्ष २०८०/८१ सम्म कुल १८ हजार १३१ हेक्टर क्षेत्रफलमा फलफुल तथा मसाला खेती विस्तार भएको पाइएको छ। जिल्लास्थित कृषि ज्ञान केन्द र कृषि विकास निर्देशनालयको तथ्यांक अनुसार सबैभन्दा बढी कैलालीमा ७ हजार ५८७ र सबैभन्दा कम अछाममा ५८८ हेक्टर क्षेत्रफलमा फलफूल तथा मसाला खेती विस्तार भएको छ।

दार्चुलामा ९ सय ४८, बैतडीमा ६ सय ५०, डडेल्धुरामा २ हजार ४६८ र कञ्चनपुरमा एक हजार ४ सय २० हेक्टर क्षेत्रफलमा फलफू तथा मसला खेती गरिएको छ। त्यस्तै बझाङमा एक हजार २८८, बाजुरामा एक हजार ३० तथा डोटीमा २ हजार १५२ हेक्टर क्षेत्रफलमा फलफूल खेती गरिएको निर्देशनालयको तथ्यांक छ।

सो अवधिसम्म सुदूरपश्चिममा खाद्य तथा अन्य बाली २ लाख ९५ हजार ९ सय ७४ हेक्टर क्षेत्रफलमा गरिएको छ। त्यस्तै तरकारी तथा बागवानी २५ हजार १६९ हेक्टर क्षेत्रफलमा गरिएको तथ्यांक छ। गत वर्ष प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवं फलपूmल तथा मसला) को उत्पादन शून्य दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा समग्र कृषि बालीको उत्पादनमा १५ दशमलव २२ प्रतिशतले वृद्धि भएको थियो। प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी फापर र तेलहनको उत्पादन क्रमशः २८ दशमलव ४१ प्रतिशत र २१ दशमलव १६ प्रतिशतले वृद्धि भएको छ भने उखुको उत्पादनमा भने सबैभन्दा बढी १३ दशमलव ४७ प्रतिशतले कमि आएको छ।

त्यसैगरी, अन्य बालीहरुमा धान, मकै, कोदो, आलु, भटमास र दलहनको उत्पादन क्रमशः २ दशमलव ७४ प्रतिशत, ४ दशमलव ४५ प्रतिशत, २ दशमलव ५८ प्रतिशत, ८ दशमलव ६३ प्रतिशत, १२ दशमलव ८३ प्रतिशत र १३ दशमलव २९ प्रतिशतले वृद्धि भएको छ।

कमेन्ट लोड गर्नुस