कैलालीमा रुखबाट लडेर एक जना गम्भीर घाइते
२०८१ भदौ १६, १०:३९
धनगढीः कैलालीमा रुखबाट लडेर एक जना गम्भीर घाईत भएका छन्।
जिल्लाको चुरे गाउँपालिका–५ राजीगाउँका ५५ वर्षीय बलबहादुर रोका रुखबाट लडेर घाइते भएका हुन्। उनी घर नजिकैको जंगलमा घास काट्ने क्रममा रुखबाट लडेर घाइते भएका हुन्।
रुखबाट लडेर घाइते भएका उनलाई उपचारका लागि शनिवार नवजिबन अस्पताल धनगढीमा भर्ना गरिएको थियो। उपचार सम्भव नभएपछि आइतवार (आज) कोहलपुर मेडिकल कलेजमा रेफर गरेको उनकी छोरी पुजा साउँदले बताइन्। उनको घाटीमा चोट लागेको छ।
कमेन्ट लोड गर्नुस