सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना

२०८१ भदौ १५, ०४:२३ खबर संवाददाता

एजेन्सीः मर्मत कार्यको लागि  विमानबाट गौचर हवाई पट्टी लैजाँदै गरेको एमआई–१७ हेलिकप्टर शनिवार केदारनाथमा दुर्घटनाग्रस्त भएको छ।

मर्मतको लागि लैजाने क्रममा विमानले सन्तुलन गुमाउँदा दुर्घटनामा परेको थियो। हेलिकप्टरले केही दूरी मात्र तय गरेको अवस्थामा सन्तुलन गुमाउन थालेको जिल्ला पर्यटन अधिकृत राहुल चौबेले बताए। ‘हेलिकप्टरमा कुनै यात्रु वा सामान थिएन। घटनाको जानकारी पाएलगत्तै उद्धार टोली घटनास्थल पुगेको अधिकारीले भने।

टोलीले अवस्थाको निरीक्षण गरिरहेको छ,’ चौबेले भने।  हाल राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एसडीआरएफ) को टोली दुर्घटनास्थलमा पुगी राहत कार्य जारी राखेको छ। दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन। दुर्घटनाको वास्तविक कारण अझै पत्ता लागिनसकेकाले अनुसन्धान जारी रहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस