धनगढीमा ट्याक्टरको पछाडी भागमा ठोक्किएर मोटरसाइकल चालक घाइते
धनगढीः कैलालीको धनगढीमा ट्याक्टरको पछाडीको भागमा ठोक्किएर मोटरसाइकल चालक घाइते भएका छन्।
हिजो (शुक्रबार) साँझ धनगढी उपमहानगरपालिका–६ मटियारीमा धनगढी–९ का ३५ वर्षीय कम्मानसिंह ठगुन्नाले चलाएको से १ त ४४०७ नम्बरको ट्याक्टरको पछाडीको भागमा गोदावरी नगरपालिका–९ का ४९ वर्षीय प्रेम चौधरीले चलाएको से ६ प ५४६५ नम्बरको मोटरसाइकल ठोक्किदा छाती र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते मोटरसाइकल चालकको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ। उनको अवस्थामा मध्यम छ। घटनास्थलमा प्रहरी सहायक निरीक्षक उद्धबराज जोशीको कमाण्डमा ३ जनाको प्रहरी टोली खटिएर मोटसाइकल, ट्याक्टर र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।