लागूऔषध मुद्दामा फरार गोदावरीका विशेश्वर र ममता पक्राउ
धनगढीः कैलालीबाट लागूऔषध मुद्दामा फरार रहेका दुई जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका-३ का २६ वर्षीय विशेश्वर प्रसाद भट्ट र २६ वर्षीया ममता चौधरी पक्राउ परेका हुन्।
कैलाली जिल्ला अदालतको फैसलाले लागुऔषध मुद्दामा १ महिना २० दिन कैद सजाय तोकेपछि दुबै जना फरार रहेका थिए। दुबै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनीहरुकै घरबाट पक्राउ गरेको जनाएको छ।