गौरा पर्वका दिन ओली–देउवाविरुद्ध नाराबाजी गर्दा पक्राउ परेका तीन जना रिहा
काठमाडौंः गौरा पर्वको अवसरमा टुँडिखेमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेसँगै पक्राउ गरेका तीन जना रिहा भएका छन्।
उनीहरुलाई आज रिहा गरिएको बताइएको छ। ओली–देउवाविरुद्ध नाराबाजी गर्ने गोपीराम जैसी, रामबहादुर बुढा र दिपक सिंह ठगुन्ना पक्राउ परेका थिए। सरकारले आलोचना सुन्न नसकेर युवाहरुलाई पक्राउ गरेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (माओवादी केन्द्र) ले उनीहरुको गिरफ्तारीलाई लिएर संसदमा समेत सरकारको आलोचना गरी तत्काल रिहाइको माग गरेको थियो।