सुदूर नेपाललाई विश्वसँग जोड्दै

युरोपेली संघले युक्रेनी सैनिकलाई थप तालिम दिने 

२०८१ भदौ १४, ०६:२४ खबर संवाददाता

एजेन्सीः  युरोपेली संघ (ईयू) ले युक्रेनी सैनिकलाई थप तालिम दिन चाहेको जनाएको छ।

थप तालिम दिन चाहे पनि यस विषयमा सदस्य राष्ट्रहरू विभाजित रहेको ईयूका विदेश नीति प्रमुखले बताएका छन्। ईयूले यस वर्ष करिब ६० हजार युक्रेनी सैनिकलाई तालिम दिने लक्ष्य राखेको छ।

ईयूका उच्च कूटनीतिज्ञ जोसेप बोरेलले ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा भने,‘हामी युक्रेनी सैनिकको प्रशिक्षण अभियान कसरी बढाउने भन्ने विषयमा छलफल गर्नेछौँ।’ युक्रेनमा समन्वय केन्द्र बनाउनबारे सोचिरहे पनि यसबारे कुनै सम्झौता नभएको उनले बताएका छन्।

उनले भने, ‘हामी युक्रेनमा समन्वय केन्द्र बनाउनेबारे सोचिरहेका छौँ, तर युक्रेनी भूमिमा युक्रेनी सैनिकहरूलाई युरोपेली प्रशिक्षकहरूसँग प्रशिक्षित गर्ने कुनै सम्झौता भएको छैन।’ यो मुद्दाले ईयूका २७ सदस्य राष्ट्रलाई विभाजित गरेको छ। 
 

कमेन्ट लोड गर्नुस