सुदूर नेपाललाई विश्वसँग जोड्दै

मर्जरका लागि लघुवित्त संस्थाहरुलाई तयार रहन सचेत

। फोटो स्रोत ।
२०७६ जेठ ३१, ०४:५७

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले लघुवित्त संस्थाहरुलाई मर्जरका लागि तयार रहन सचेत गराएका छन्। शुक्रबार काठमाण्डौमा आयोजित ‘लघुवित्त संस्थाको मर्जर र आवश्यक्ता’ विषयक अन्तक्रिया कार्यक्रममा उनले  ग्रामीण क्षेत्रको गरिबी निवारणका लागि आर्थिक गतिविधि बढाउन टेवा र्पुयाउने उद्देश्यका साथ सुरु गरिएको बताए। यस्का लागि लघुवित्त संस्थाको दिगोपनाका लागि पनि मर्जर अति आवश्यक भएको स्पष्ट पार्दै असार महिनाभित्र सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरुको स्थापना गरिसक्ने घोषणा समेत गरेका छन्।

७५३ वटा स्थानीय तहमध्ये ७२८ वटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरु पुगिसकेको र बाँकी स्थानीय तहमा पनि यही असारभित्र बैंक तथा वित्तीय संस्थाहरुको व्यवस्था गर्ने योजना रहेको बताए।
 

कमेन्ट लोड गर्नुस