धनगढीका तीन जनाले गरे कपडा बैँङ्कलाई सहयोग
२०८१ भदौ १३, ०४:४१
धनगढीः कैलालीको धनगढीका तीन जनाले कपडा बैँङ्कलाई सहयोग गरेका छन्।
धनगढी उपमहानगरपालिका–१३ मोहनपुरका दिलिप कुँवरले बैँङ्कलाई ३८ थान कपडा सहयोग गरेका छन्।
यस्तै धनगढी–१२ का सागर लामाले ३५ थान र धनगढी–४ एन्टिपथ टोलकी गीता सुवेदीले १५ थान कपडा सहयोग गरेको बैँङ्कले जनाएको छ।
कमेन्ट लोड गर्नुस