कैलालीबाट भन्सार छलीका पेन्ट र सुर्ती, बिडी बरामद
२०८१ भदौ १३, ०८:४३
धनगढीः कैलालीबाट भन्सार छलीका पेन्ट र सुर्ती, बिडी बरामद गरिएको छ।
जिल्लाको भजनी नगरपालिका–१ ठेगरपुर र भजनी नगरपालिका–६ नबलपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ४५ हजार ८९० मूल्य बराबरको सिल्भर पेन्ट, सुर्ती, बिडी लगायतका सामान बरामद गरिएको हो। उक्त सामान इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
कमेन्ट लोड गर्नुस