सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ भदौ १३, ०८:०८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–३ तिकपुर र भीमदत्त नगरपालिका–११ गड्डाबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ६१ हजार ७ सय मूल्य बराबरको सामान बरामद गरिएको हो।

उक्त स्थानबाट कस्मेटिक, किराना, हाडबेयरको सामान, साडी, कोरा कपडा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस