नेप्सेमा सामान्य अङ्कको वृद्धि
काठमाडौँः बुधवार नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ। यस अघि दुई दिन उच्च गिरावट भएको नेप्से आज भने सम्हालिएको छ। आज नेप्से परिसूचक ३. ८० अङ्कले बढेर २७८६.४० विन्दुमा कायम भएको हो।
आज ३२६ कम्पनीको तीन करोड ५० लाख ७ जार ३९ कित्ता शेयर एक लाख ६८ हजार १७५ पटक खरिदबिक्री हुँदा १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३९३ बराबरको कारोबार भएको छ।
आज लिबर्टी इनर्जी कम्पनी लिमिटेड, हिमालयन हाइड्रोपावर लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै गुमाउनेमा कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ६. ८८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै चन्द्रागिरि हिल्स लिमिटेडको ४३ करोड ७ लाख ८६ हजार नौ सय बराबरको शेयर किनबेच भएको छ।