सुदूरपश्चिममा बाढी–पहिरो लगायत विपदबाट १६ जनाको मृत्यु
धनगढीः सुदूरपश्चिममा बाढी पहिरो लगायत विपदबाट १६ जनाको मृत्यु भएको छ।
२०८० जेठ २८ देखि भदौ ११ गतेसम्म विपदका घटनाबाट १६ जनाको मृत्यु भएको छ। अविरल वर्षा, बाढी, पहिरो लगायत विपदबाट सुदूरपश्चिममा १६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले संकलन गरेको विवरणमा उल्लेख छ।
ती घटनाबाट ३६ जना घाइते भएका छन्। सो अवधिमा १ सय १ जनाको उद्दार गरिएको छ। बाढी पहिरोमा परी एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ताको खोजीकार्य जारी छ।