सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित

२०८१ भदौ १२, ०८:०१ खबर संवाददाता

काठमाडौँ: नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष(महिला) पदमा चर्चित युवा नेतृ रामकुमारी झाँक्री पराजित भएकी छन्। 

मंगलबार भएको निर्वाचनको मतपरिणामअनुसार उनी अर्की नेतृ जयन्ती राईसँग पराजित भएकी हुन्। झाँक्रीले ११३ मत पाउँदा विजयी भएकी राईले १९८ मत पाइन्। एमाले विभाजित भएर एकीकृत समाजवादी बन्दा झाँक्रीले माधव नेपाललाई बलियो साथ दिएकी थिइन्। पार्टी विभाजन पछिको पहिलो महाधिवेशन पश्चात भएको पदाधिकारी चयनमा उनै नेतृ पराजित भएकी हुन्। 

कमेन्ट लोड गर्नुस