सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सुनका गहना र नगद सहित चार जना पक्राउ

२०७६ जेठ ३१, ०१:२९

कैलाली प्रहरीले चोरीका सुनका गहना र नगदसहित पक्राउ गरेका चार युवालाई सार्वजनिक गरेको छ। भारतबाट चोरी गरेर ल्याएको सुन, नेपाली र विभिन्न देशको मुद्रासहित पक्राउ परेका चार जनालाई सार्वजनिक गरिएको हो।

कैलाली प्रहरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि गहना र नगदसहित पक्राउ परेकालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कंचनपुर कृष्णपुर नगरपालिका ४ का ३८ बर्षीय मानबहादुर कार्की, सोही ठाउको वडा नम्बर ५ बस्ने ४३ बर्षीय सन्तोष भट्टराई, कैलाली गौरीगंगा नगरपालिका– ८ का २१ बर्षीय कुमार भुल र गोदावरी नगरपालिका–७ बस्ने २८ बर्षीय योगेन्द्र बिक रहेका छन्।

उनीहरुले भारतको लुदियाना पंजाव गुरुनगर बस्ने पुनम मलोत्राको घरबाट सुन र हिराका गरगहना र नगद चोरी गरेको सुचनाका आधारमा पक्राउ गरिएको कैलाली प्रहरी प्रमुक प्रहरी उपरीक्षक सुदिप गिरीले जानकारी दिए। मलोत्रा सहितको टोली नेपाल आएर प्रहरीलाई खवर गरेपछि चोरीमा संलग्नहरुलाई बिभिन्ण ठाउबाट पक्राउ गरिएको गिरीले बताए। चोरीमा संलग्न केही व्यक्ती फरार रहेको प्रहरीले जनाएको छ।

मलोत्राले प्रहरीमा बुझाएको बिबरण अनुसार थुप्रै सुन र हिराका गहना अझै फेला पर्न सकेका छैनन्। बरामद गरिएको केही गहनाहरु आफ्नो नभएको मलोत्राले बताईन्। परिवार दुई घन्टाका लागि बाहिर गएको मौका छोपेर घरमा काम गर्ने एक नेपालीलाई बेहोस हुने औषधी खुवाई मे ज्ञज्ञ तारिखको दिन चोरी भएको उनले जानकारी दिईन्। प्रहरी उपरीक्षक गिरीले पक्राउ परेका समूह यस अघि पनि भारतका विभिन्न ठाउमा चोरी गरेर फरार रहेको बुझिन आएको जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस