सुदूर नेपाललाई विश्वसँग जोड्दै

परराष्ट्रमन्त्री आरजु भोलि धनगढी आउँदै

२०८१ भदौ ११, ०२:५८ खबर संवाददाता

धनगढीः परराष्ट्र मन्त्री आरजु राणा देउवा भोलि कैलालीको धनगढी आउँदैछिन्।

मन्त्री राणा धनगढीमा दुई दिन बस्ने कार्यतालिका बनाइएको छ। उनको निवास धनगढीमा राखिएको गौरा देवीको समापन गर्ने कार्यक्रमका लागि धनगढी आउने लागेको नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति भिम पडालले बताए।

देउवा हरेक वर्ष गौरा देवीको पूजापाठ गर्न धनगढी पुग्ने गरेकी छन्। मन्त्री भएपछि उनी पहिलो पटक धनगढी आउन लागेकी हुन्। भोलि गौरा देवीको समापन गरेपछि भेटघाट गर्ने र धनगढी उपमहानगरपालिका—४ को वडा कार्यालय भवन उद्घाटन गर्ने कार्यक्रम समेत रहेको क्षेत्रीय सभापति पडालले बताए।

कमेन्ट लोड गर्नुस