सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओमानका विदेशमन्त्री आज नेपाल आउँदै

२०८१ भदौ १०, ०८:०८ खबर संवाददाता

काठमाडौँ: ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी आज नेपाल आउँदै छन्।

विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन्। दुई देशका विदेशमन्त्रीबीच दुई देशको आपसी हितबारे छलफल हुनेछ। नेपाल बसाइका क्रममा उनले राष्ट्रपति र प्रधानमन्त्रीसँग समेत भेटवार्ता गर्ने कार्यतालिका छ। उनी मंगलबार ओमान फर्किनेछन्।


 

कमेन्ट लोड गर्नुस