सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले घोषणा गरेको राहत समेत नपाएको हावाहुरी पीडितको गुनासो

२०७६ जेठ ३१, १२:१५ रोशन भट्ट

प्रभावित भएको एक हप्ता सम्म पनि सरकारले घोषणा गरेको राहत नपाएको धनगढीका हावाहुरी पिडितले गुनासो गरेका छन्। हावाहुरीले घरको छानो उडाउँदा खुला आकासमुनी बस्नुपर्ने बाध्यता भएपनि सरकारले घोषणा गरेको राहत समेत नपाएको पीडितले गुनासो गरेका हुन्। धनगढीबासीले  स्थानीय र प्रदेश सरकारले घोषणा गरेको राहत नपाएको गु्नासो गरेका हुन्।

तराईमा मनसुन सक्रिय हुने समय नजिकिदै जादा पनि घरको छानो छाउन नसकेका पीडितहरु विचल्लीमा पर्ने भन्दै चिन्तित भएका छन्। राहतका नाममा वितरण गरिएको त्रिपालमा समेत काखापाखा गरिएको अरोप पीडितहरुको छ। मौसमविद् समिर श्रेष्ठले पुर्वी नेपालमा मनसुन सुरु भएको एक साता भित्रै सुदूरपश्चिममा पुग्ने बताए। तर हावाहुरीबाट प्रभावित भएको एक हप्ता र तराईमा मनसुन सुरु हुने समय नजिकिदा समेत सरकारले घोषणा गरेको राहात नपाएको गुनासो पीडित लोकेश अवस्थीको छ। वर्षातको मौसम नजिकिने बेला खुला आकासमुनी रात कटाइरहेपनि स्थानीय र प्रदेश सरकारले आफूहरुको पीडामा मलम लगाउन नखोजेको आरोप उनीहरुको छ। देशमा तीन तहका सरकार भएपनि धनगढीका हावाहुरी पीडित परिवारले एक साता सम्म पुर्ण रुपमा राहात नपाएपछि सरकारले नागरिकप्रतिको  दायीत्व बोध नगरेको भान हुन थालेको स्थानीयले बताएका छन्। 
हुरी संगै आएको पानीले खाने अन्नपात भिजाउनुको साथै लगाउने लुुगाफाटो पनि उडाएपछि दैनिकी चलाउनै समस्या भएको पीडित अनिता जोशीले बताईन। उनले भनिन्–राहत वितरण गर्ने आश्वसनका साथ लगत संकलन गरेको भएपनि अधिकासं स्थानमा सरकारले त्रिपाल दिन समेत आनाकानी गरेको छ। आफ्ना कार्यकता तथा नजिकका व्यक्तिको कम क्षती भएपनि उनीहरुलाई मात्रै त्रिपाल वितरण गरिएको उनले बताए।  

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस