सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँले दिए गौराको शुभकामना 

२०८१ भदौ ९, ०९:२७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले गौराको शुभकामना दिएका छन्।

गौरा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले सांस्कृतिक पर्व गौराले सुदृढ राष्ट्रिय एकता कायम गर्नमा सहयोग पु¥याउने बताए। मियाँले सुदूरपश्चिमीलेको महान् पर्व गौराले सामाजिक सद्भाव बढाउने विश्वास समेत व्यक्त गरे।

‘यस पर्वले सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावनासहित नयाँ उमङ्ग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस’ प्रदेश प्रमुख मियाँले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ। सुदूरपश्चिम प्रदेशमा विशेष महत्वका साथ परापूर्वका कालदेखि मनाउँदै आइरहेको सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक महत्त्व बोकेको गौरा पर्वको संरक्षण र संवर्द्धनमा लाग्नु पर्ने प्रदेश प्रमुख मियाँले बताए।

सुदूरपश्चिमेलीहरूको महान् पर्व गौरा हिजोदेखि सुरु भएको छ। पौराणिक कालमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी बालुवाको शिवलिङ्ग बनाइ १२ वर्षसम्म कष्टसाध्य तपस्या गरी महादेवलाई पति पाएको खुसीयालीमा गौरापर्व मनाउन थालिएको बताइन्छ। यस पर्वमा शिव र पार्वतीको पूजा आराधना एवम् व्रत अनुष्ठानबाट सुस्वास्थ्य, सौभाग्य एवम् समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहेको छ।

कमेन्ट लोड गर्नुस