सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका एक युवक खैराहिरोइनहित कैलालीबाट पक्राउ 

२०८१ भदौ ९, ०९:०१ खबर संवाददाता

धनगढीः बाजुराका एक युवक खैराहिरोइनहित कैलालीबाट पक्राउ परेका छन्।

कैलालीको टीकापुर नगरपालिका-१ टीकापुर बजारमा बा.७८ प.८४९१ नम्बरको मोटरसाईकलमा लम्की तर्फ गईरहेका बाजुराको बुढीनन्दा नगरपालिका-३ कोल्टी घर भई हाल कैलालीको लम्की चुहा नगरपालिका-१० चुहा बजारमा सुनचाँदी पसल गरी बस्ने २४ वर्षीय मनराज मिजार शुक्रवार पक्राउ परेका हुन्।

मिजारलाई मोटरसाईकल चेकजाँच गर्दा उनले लगाएको पाईन्टको खल्तीबाट १ ग्राम ५ सय मिलिग्राम लागुऔषध (खैरो हेरोइन)का दुई पोका फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको कैलाली प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस