सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुईदिने नेपाल भ्रमणमा आउँदै ओमानका विदेशमन्त्री

२०८१ भदौ ९, ०८:१९ खबर संवाददाता

काठमाडौँ: ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुईदिने औपचारिक भ्रमणका लागि भोलि (सोमवार) काठमाडौँ आउँदै छन्।

उनी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा २ दिनका लागि (भदौ १० र ११ गते) काठमाडौँ आउन लागेको मन्त्रालयले जनाएको छ। भ्रमणका दौरान दुई विदेशमन्त्रीबीच नेपाल–ओमान सम्बन्ध र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुनेछ।

ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नेछन्। उनी भदौ ११ गते काठमाडौँबाट स्वदेश फर्किनेछन्।

कमेन्ट लोड गर्नुस