सुदूर नेपाललाई विश्वसँग जोड्दै

न्याय परिषद्को बैठक निष्कर्षविहीन

२०८१ भदौ ९, ०८:१३ खबर संवाददाता

काठमाडौँ: सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त पदमा न्यायाधीश सिफारिस गर्न प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको न्याय परिषद्को बैठक विनानिष्कर्ष सकिएको छ।

हाल सर्वोच्चमा चार र उच्च अदालतमा १६ न्यायाधीशको पद रिक्त छ। समयमा न्यायाधीश नियुक्ति हुन नसक्दा अदालतमा मुद्दाको चाप दिन प्रतिदिन बढ्दै गएको छ। न्यायालयको छिटो सुनुवाइ र समयमै न्याय दिने कार्ययोजना भए पनि न्यायाधीश नियुक्ति नहुँदा कार्यान्वयनमा ढिलाइ भएको छ।

कमेन्ट लोड गर्नुस